site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्थानीय तहमार्फत मतदाता नामावली दर्ता गर्ने कार्यविधिको मस्यौदामा आयोगले माग्यो सुझाव 

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधिको मस्यौदामाथि सुझाव मागेको छ । सरोकारवालाको सुझाव संकलनका निम्ति मस्यौदा आयोगको वेबसाइटमा अपलोड गरिएको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

कुनै स्थानीय तहले आफ्नो क्षेत्रबाट नाम दर्ता गर्न इच्छुक भई निर्वाचन कार्यालयमार्फत अनुरोध गरेमा अवस्था हेरी आयोगले अनुमति दिन सक्ने व्यवस्था मस्यौदामा छ ।

अनुमति प्राप्त गरेपछि सम्बन्धित स्थानीय तहको केन्द्र वा वडास्तरमै स्थानीय तहमा कार्यरत कर्मचारीमध्येबाट मतदाता नामावली दर्ता कार्य सुरु हुने उनले बताए ।

मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत फाराम भरी सम्बन्धित स्थानीय तहबाट जैविक (बायोमेट्रिक) विवरण दिन आफूलाई उपयुक्त हुने मिति छनोट गर्न सकिनेछ । जैविक बायोमेट्रिक विवरण दिएपछि सम्बन्धित व्यक्तिको स्थायी ठेगानामा नाम दर्ता गरिने व्यवस्था कार्यविधिमा छ ।

दर्ता गरिएका व्यक्तिहरूको विवरण अन्तिम मतदाता नामावली प्रकाशन हुने समयमा अद्यावधिकको प्रक्रियामा लैजाने व्यवस्था गरिएको उनले जानकारी दिए ।

मस्यौदामा रहेका यीसहितका व्यवस्था थप परिमार्जन वा सुधार गर्न आउँदो कात्तिक मसान्तभित्र सुझाव दिन सकिने उनले बताए ।

press_release.jpeg-1697452719.jpeg

 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro