site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गोलघरबाट पाँच वर्षपछि बाहिर निकालिए सुन तस्करीका नाइके ‘गोरे’
फाइल तस्बिर ।

काठमाडौं । गोलघरभित्र राखिएका चूडामणि उप्रेती ‘गोरे’लाई सुन्धारा कारागार प्रशासनले बाहिर निकालेको छ । गोरेले आफूमाथि सुरक्षा खतरा नरहेको बताएपछि गोलघरबाट अर्को स्थानमा सारिएको हो ।

गएको शुक्रबार उनलाई गोलघरबाट बाहिर निकालिएको कारागार स्रोतले बाह्रखरीलाई जानकारी दियो । पाँच वर्षयता उनलाई कारागारको गोलघरभित्र राखिएको थियो । अब भने कारागारमै अरू कैदीसरह रहनेछन् ।

Dabur Nepal
NIC Asia

साढे ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले उनलाई दोषी ठहर गरेको थियो । वि.सं. २०७८ मा गोरेलाई १० वर्ष कैद सजायको फैसला सुनाइएको थियो ।

०७४ माघमा तस्करीको साढे ३३ किलो सुन हराएपछि खोजी गर्ने क्रममा गोरेसहितको समूहले शाक्यको हत्या गरेको थियो । गोरे समूहले करिब ३८ क्विन्टल सुन तस्करी गरेको सरकारको निष्कर्ष छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro