site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गृहमन्त्री चीनतर्फ
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन सोमबार चीनतर्फ प्रस्थान गरेका छन् ।

मंगलबार र बुधबार बेइजिङमा हुने बीआरएफमा हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चको नीति र प्रगतिबारे समेत छलफल गरिनेछ । सो कार्यक्रममा श्रेष्ठले ‘कि नोट स्पिच’ दिने गृह मन्त्रालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्मेलनको पहिलो दिन साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङले आयोजना गर्ने रात्रिभोजमा श्रेष्ठ सहभागी हुनेछन् । सम्मेलनमा झन्डै तीन दर्जन देशका सरकार प्रमुख एवं राष्ट्राध्यक्ष सहभागी हुनेछन् ।

चीनले सन् २०१७ मा पहिलो र २०१९ मा दोस्रो बीआरएफ आयोजना गरेको थियो । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो । बीआरआई सडक, पूर्वीय सभ्यताको विकास, देशहरूबीचको सहयोग एवम् भाइचारा र पर्यावरणलगायत दिगो विकासमा योगदान पु¥याउने चिनियाँ पहलको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय परियोजना हो ।

Global Ime bank

भ्रमण टोलीमा गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईलगायत अधिकारी छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC