देश
काठमाडौं । इजरायलमा हमासको आक्रमणपछि सम्पर्कविहीन रहेका नेपालका विपीन जोशीको अवस्था अझै अज्ञात रहेको छ ।
आज एक विज्ञप्तिमार्फत इजरायलस्थित नेपाली दूतावासले उनको खोजीकार्य तीव्र पारिएको जानकारी दिएको छ ।
दूतावासका अनुसार आक्रमणमा परी घाइते भएका चारजनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरूमध्ये एकजना नेपाल आइसकेका छन् । अर्का एकजना दूतावासको हेरचाहमा छन् । दुईजना अझै अस्पतालमा उपचाररत रहेको जनाइएको छ ।
असोज २० गते हमासले एक्कासि आक्रमण गरेपछि १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज २८, २०८० २०:१६
प्रतिक्रिया दिनुहोस्