site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इजरायलबाट फर्केका विद्यार्थीले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र
प्रधानमन्त्रीका स्वकीयसचिव रमेश मल्लमार्फत ज्ञापनपत्र बुझाउँदै विद्यार्थी ।

काठमाडौं । इजरायलबाट फर्केका विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आइतबार ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्रीका स्वकीयसचिव रमेश मल्लमार्फत ज्ञापनपत्र बुझाइएको हो ।

“तीनवटा माग राखी हामीले प्रधानमन्त्रीन्यूलाई आज ज्ञापनपत्र बुझाएका छौँ,” इजरायलबाट फर्केका विद्यार्थी विपीन सुवेदीले बाह्रखरीसँग भने ।

Dabur Nepal
NIC Asia

ज्ञापनपत्रमा उनीहरूले प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेपछि सम्पर्कविहीन भएका विपीन जोशीको छिटोभन्दा छिटो खोजी गरी नेपाल फर्काउन अनुरोध गरेका छन् ।

उनीहरूले हमासको आक्रमणका परी मारिएका १० नेपाली विद्यार्थीको शव छिटो नेपाल ल्याएर परिवारलाई बुझाउन समेत अनुरोध गरेका छन् ।

हमासको आक्रमणमा परी घाइते भएर नेपाल फर्केका धनबहादुर चौधरीको उपचारमा सहयोग गर्न पनि उनीहरूले सरकारसँग अनुरोध गरेका छन् । 

qfdsgfag-1697361500.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro