राजनीति

काठमाडौं । संघीय संसद्अन्तर्गत रहेको प्रतिनिधिसभा बैठक १६ दिनका लागि स्थगन भएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकपश्चात् सभामुख देवराज घिमिरेले १६ दिनका लागि बैठक स्थगन भएको जानकारी दिएका छन् ।
संसद्को अर्को बैठक कार्तिक १२ गते दिउँसो १ बजेका लागि बोलाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८० १५:४४
प्रतिक्रिया दिनुहोस्