राजनीति
काठमाडौं । विद्युत् विधेयक, २०८० लाई दफावार छलफलको लागि पूर्वाधार विकास समितिमा पठाइएको छ ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए ।
उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । विधेयकमाथि समितिमा छलफल हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८० १५:४२
प्रतिक्रिया दिनुहोस्