site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अपांगता भएका व्यक्तिका लागि सम्भव सबै अधिकार पुरा गरिनेछ : प्रधानमन्त्री 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपांगता भएका व्यक्तिका सम्भव सबै अधिकार कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । 

प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभा सदस्य प्रकाश पन्थले प्रस्तुत गरेको अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी प्रस्तावमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अपांगता भएका व्यक्तिका अधिकार कार्यन्वयनलाई सरकारले प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री प्रचण्डले खेलकुदसहित सबै पूर्वाधार अपांगमैत्री बनाइने, पारा ओलम्पिकलाई प्राथमिकतामा राखेर काम गर्ने, राष्ट्रियस्तरमा पारा र विशेष खेलकुद सञ्चालन गने भन्दै स्थानीय तहसम्म त्यस्ता प्रतिस्पर्धाका लागि बजेट छुट्टाएको बताए । 

उनले अब बन्ने खेलकुद समितिमा अपांगता भएका खेलाडीहरूलाई पनि समेटिने जानकारी दिए । अपांगता भएका व्यक्तिहरूको श्रम र रोजगारसम्बन्धी हकलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनले बताए । 

Global Ime bank

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम र गरिबी निजवारण कार्यक्रममा अपांगता भएकाहरूलाई उच्च प्राथमिकतामा राखिएको पनि बताए । अपांगता भएका व्यक्तिहरूले सञ्चालन गरेका उद्योगमा कच्चा पदार्थमा विशेष छुट दिइने नीति बनाएको बताएका प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य र शिक्षासम्बन्धी अधिकार सुनिश्चित गर्न सम्भव सबै सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाए । 

अपांगता भएका व्यक्तिहरूको हक अधिकार प्रचलनमा सर्वोच्च अदालतबाट भएका सबै आदेश र फैसला कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै अपांगता भएकाहरूको न्यायमा पहुँच स्थापित गर्न नेपाल प्रहरी र अन्य निकायमा पनि उच्च प्राथमिकताका लागि निर्देशन भएको बताए । 

प्रधानमन्त्री प्रचण्डले अपांगता भएकाहरूको अधिकार विषयमा संकल्प प्रस्तावमार्फत सांसदहरूले गराएको ध्यानाकर्षणका लागि धन्यवाद दिँदै त्यसको कार्यान्वयनमा सरकारलाई सहयोग पुग्नेगरी सुझाव जारी राख्न पनि आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement