site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले नेता भन्छन्– अहिले कोसीमा समर्थन गर्यौं, अरु कुरा हुँदै जान्छ 

काठमाडौं । नेकपा (एमाले)ले कोसीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई समर्थन गरेको छ । कांग्रेसका नेता शेखर कोइराला पक्षका आठ सांसदले एमालेको सहयोगमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । 

केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता कोइरालाको संवादपछि उनीहरू अघि बढेको एक नेताले जानकारी दिए । उनका अनुसार प्रदेशमा एमालेको तर्फबाट पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले संयोजन गरेका छन् । 

केन्द्रको सरकार परिवर्तनका लागि पनि होमवर्क भएको चर्चा सुरु भएको छ । एमालेका ती नेता केन्द्रको सरकार परिवर्तनका लागि गृृहकार्य भएको स्वीकार गर्छन् ।

“कांग्रेसका एउटा टिमले विकल्प दिन खोज्यो । त्यसमा हामीले समर्थन गरेका हौँ, उनले भने, “सरकार परिवर्तनको आवश्यकता केन्द्रबाटै हो । कांग्रेसको नेतृत्व माओवादी बोकेर हिँडेको छ । त्यसलाई चुनौती दिन खोजेको हो ।” 

एमालेका नेताहरू मध्यावधि रोक्नका लागि प्रयास गरिएको बताउँछन् । 
एमालेका पोलिट्ब्यूरो सदस्य तथा पूर्वसांसद विशाल भट्टराई केन्द्र सरकार परिवर्तनका लागि प्रेसर हुने बताउँछन् । 

“अहिले प्रदेशको समस्या हल गर्नका लागि समर्थन गरेका हौं । केन्द्रको सरकार नै त होइन । त्यसका लागि दबाब सिर्जना हुन्छ,” उनी भन्छन् । 

एमाले कोसीका अर्का नेता रेवतीरमण भण्डारीले अहिले समर्थन गरिएको भन्दै अरु कुरा हुँदै जाने बताए । 

“अहिले कोसीमा समर्थन गर्यौं । अरु कुरा हुँदै जान्छन्,” उनले भने । 

कोसीमा सत्ता गठबन्धनको तर्फबाट माओवादीका नेता इन्द्र आङ्बोले दाबी पेस गरेका छन् । कोसीमा संविधानको धारा १६८ को धारा ५ अनुसार दाबी पेस गर्न भोलिसम्मको समय छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro