site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्री साउद र इजरायलको विदेश मन्त्रालयका उच्च अधिकारीबीच विमानस्थलमा भेटवार्ता हुने 

काठमाडौं । इजरायलको विदेश मन्त्रालयका उच्च अधिकारीहरूले परराष्ट्रमन्त्री एनपी साउदसँग विमानस्थलमै भेटवार्ता गर्ने भएका छन् । 

नेपाली विद्यार्थीहरूलाई उद्धार गरी ल्याउन परराष्ट्रमन्त्री बिहीबार बिहान इजरायलतर्फ गएका हुन् । 

Dabur Nepal
NIC Asia

परराष्ट्रमन्त्रीका प्रमुख स्वकिय सचिव दिपक जोशीका अनुसार इजरायलको तेल अभिवस्थित विमानस्थलमा इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल र इजरायलको विदेश मन्त्रालयका उच्च अधिकारीले भेटवार्ता गर्नेछन् । 

नेपाली विद्यार्थीलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको जहाज स्थानीय समयअनुसार ११ः१० बजे इजरायलमा अवतरण गर्नेछ । 

जहाज दुई घण्टा इजरायलको विमानस्थलमा रहनेछ । त्यसपछि स्थानीय समयअनुसार दिउँसो १ः१० बजे नेपाली विद्यार्थी लिएर जहाज नेपाल आउनेछ । 

आज राति सवा ९ बजे जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro