site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
६२ प्रतिशत क्रियाशील जनशक्तिलाई उद्यमशील बनाऔँ : राष्ट्रपति पौडेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशभित्र रहेको क्रियाशील जनसंख्यालाई उद्यमशील बनाउनुपर्ने बताएका छन् । उनले आर्थिकरूपले क्रियाशील रहेको ६२ प्रतिशत जनसंख्यालाई उद्यमशीलतामा परिणत गर्न सके मुलुकको विकास गर्न सकिने बताए ।

काठमाडौं विश्वविद्यालय (केयू)मा कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका)को सहयोगमा निर्माण भएको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले उद्यमशीलता विकासशील अर्थतन्त्रको महत्त्वपूर्ण आधारशीला रहेको बताए । उद्यमशीलताले जागिर खोज्ने नभई जागिर दिने जनशक्ति उत्पादन गर्ने उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले इनोभेसन सेन्टरमा स्थापित कृषि, स्वास्थ्य र ऊर्जासम्बद्ध तीनवटै विशिष्टीकृत खोज अनुसन्धान इकाइहरूले प्राज्ञिक प्रकृतिका अनुसन्धान कृति र आलेखहरू प्रकाशित गर्नुका अतिरिक्त समाज र राष्ट्रलाई प्रत्यक्ष उपयोगी हुने सिप, ज्ञान र दक्षता विकासमा पनि उत्तिकै योगदान गर्न सक्नुपर्ने धारणा राखे ।

“मानवतामैत्री, दिगो र न्यायपूर्ण विकासका लागि खोज, अनुसन्धान, नवप्रवर्तन र प्रविधिका परिपूरक सहकार्यका अतिरिक्त वातावरण र मानवतासँग अन्योन्याश्रित सहसम्बन्ध हुनु अपरिहार्य छ,” राष्ट्रपति पौडेलको भनाइ थियो  ।

Global Ime bank

उनले भविष्यको पुस्तालाई व्यापक र द्रुत आयाममा प्रविधिमय हुँदै गएको विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउनुको विकल्प नभएको बताए । मानव मष्तिकको क्षमताले व्यवस्थित गर्न सक्नेभन्दा छिटो गतिमा विश्वमा परिरहेको जलवायु परिवर्तन, भूमण्डलीकरण र कृत्रिम विद्वताले मानव सभ्यताका सामु खडा गरेका चुनौतीलाई पार लगाउँदै अगाडि बढ्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

कार्यक्रममा नेपालका लागि कोरियाली राजदूत पार्क ताई योङ्गले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर नेपालको उद्योग र शिक्षाविद्हरूबीचको आविष्कार र सहकार्यको मञ्च रहेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  २१:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय