site stats
बाह्रखरी :: Baahrakhari
खेल
अफगानिस्तानले भारतलाई दियो २७३ रनको लक्ष्य 

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तानले घरेलु टिम भारतविरुद्ध २७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

भारतको नयाँदिल्लीस्थित अरुण जेट्ली रंगशालामा टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २७२ रनको योगफल खडा गर्‍यो।

Argakhachi Cement Island Ad

अफगानिस्तानका कप्तान हस्मतुल्लाह साहोदीले ८० रन बनाए । उनले ८८ बलमा आठ चौका र एक छक्का प्रहार गरे । अज्मतुल्लाह ओमरजाइले ६२ रन थपे । ६३–३ को कठिन अवस्थामा रहँदा यी दुईले चौथो विकेटका लागि १२१ रनको साझेदारी गर्दै अफगानिस्तानको स्कोरबोर्ड सम्हालेका थिए । 

इब्राहिम जद्रानले २२, रहमनुल्लाह गुर्बजले २१, मोहम्मद नाबीले १९ र रहमत साहले १६ रन जोडे । 

भारतका जसप्रित बुमराहले चार विकेट लिए । हार्दिक पन्ड्याले दुई विकेट लिदा शार्दुल ठाकुर र कुलदीप यादवले समान एक विकेट लिए ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि, पहिलो खेलमा भारतले अस्ट्रेलियाविरुद्ध ६ विकेटले हराएको थियो । अफगानिस्तान भने यसअघि पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले नै पराजित भएको थियो । 

एकदिवसीय विश्वकपको इतिहासमा भारतले दुईपटक उपाधि जितेको छ । भारतले सन् १९८३ र २०११ मा उपाधि जितेको थियो । अफगानिस्तानले भने हालसम्म विश्वकपको उपाधि जितेको छैन ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १८:२८
प्रतिक्रिया दिनुहोस्