site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हत्या गरी फरार रहेका व्यक्ति १९ वर्षपछि साधुको भेषमा पक्राउ

काठमाडौं । चितवनमा हत्या गरी फरार रहेका एक व्यक्ति १९ वर्षपछि साधुको भेषमा पक्राउ परेका छन् । 

भरतपुर महानगरपालिका–२८ बस्ने ४३ वर्षीय कृष्ण भन्ने तोयानाथ चापागाईंलाई साधुको भेषमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

Dabur Nepal
NIC Asia

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

खोजी गर्ने क्रममा नवलपरासी पश्चिम वर्दघाट नगरपालिका–४ बाढीपीडितस्थित शिव मन्दिरमा भेष बदलेर साधुको रूपमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ ।  

चापागाईं भरतपुर महानगरपालिका–७ बस्ने मनकुमारी वाग्लेको हत्या गरी फरार भएका थिए । 

नातामा नाति पर्ने चापागाईंले २०६१ मंसिर १४ गते मनकुमारीलाई बाँसको लौरो र ढुंगा प्रहार गरी हत्या गरेका थिए । हत्यापश्चात कानमा लगाएको गरगहनासमेत लुटी फरार भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro