site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लाओसविरुद्ध खेल्ने नेपाली टिमको घोषणा 

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणमा लाओसविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । 

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले बुधबार २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । नेपालले छनोटको पहिलो लेगमा बिहीबार लाओसलाई आतिथ्यता प्रदान गर्दै छ । 

Dabur Nepal
NIC Asia

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल अपरान्ह ५ः३० बजेदेखि सुरु हुनेछ । यो खेलपछि दोस्रो लेगका लागि नेपाली टिम लाओस जानेछ । छनोटको दोस्रो लेग असोज ३० गते हुनेछ । 

नेपाली टिम :

गोलकिपर : किरणकुमार लिम्बू (कप्तान), दीप कार्की, अभिषेक बराल

रक्षक : सनिष श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमित श्रेष्ठ, एरिक बिष्ट

मिडफिल्डर : सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, क्रितिशरत्न छुन्जु, मनिष डांगी 

फरवार्ड : अञ्जन बिष्ट, आयुष घलान, जिलेस्पीजंग कार्की, दीनेश हेञ्जन, हिसुब थपलिया, सञ्जिव बिष्ट
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro