site stats
बाह्रखरी :: Baahrakhari
कला
जति चलचित्र बने पनि सातदेखि दशवटा मात्रै ‘हिट’ किन ?
फाइल तस्बिर

काठमाडौं । नेपाली सिनेमा उद्योगमा राम्रा सिनेमा निर्माणको संख्या बढ्न नसकेको बताइएको छ । सिनेमाको संख्या बढे पनि राम्रा चलचित्रको संख्या बढ्न नसकेको कलाकार तथा निर्देशक नीर शाह बताउँछन् ।

सिनेमा निर्माणको संख्या उल्लेख्य रूपमा बढे पनि लगानी उठाउने राम्रा चलचित्रको संख्या सीमित रहेको उनको भनाइ छ । वार्षिक ७ देखि १० वटा चलचित्रले मात्रै लगानी उठाउने गरेको उनी बताउँछन् । 

Argakhachi Cement Island Ad

वर्षमा २५ देखि ३० वटा सिनेमा बनाउँदा पनि ७ देखि १० र १२० वटा चलचित्र बन्दा पनि ७ देखि १० भन्दा धेरै चलचित्रले मात्रै लगानी उठाउने गरेको नीरको भनाइ छ । “वर्षमा तीन÷चारवटा सिनेमा बनाउँदा छुट्टै कुरा भयो । तर जब हाम्रोमा २५ देखि ३० वटा चलचित्र बन्दा पनि ७ देखि १० वटाले लगानी उठाउने अनि वार्षिक ५०–६० वटा तथा १०० देखि १२० वटासम्म चलचित्र बन्दा पनि त्यही ७ देखि १० चलचित्रले मात्रै लगानी उठाइरहेका छन्,” उनी भन्छन्, “मैले गम्भीर रूपमा अध्ययन गरेर यो कुरा आज भन्दै छु, बाँकी सबै चलचित्रले लगानी डुबाइरहेका छन् ।” 

यसको कारण चलचित्र विकास बोर्ड, सञ्चार मन्त्रालय लगायतले खोज्नु पर्नेमा उनको जोड छ । चलचित्र क्षेत्रको विकासमा सरकारी निकायले उल्लेख्य योगदान दिन नसकेको उनको टिप्पणी छ ।  

वर्षमा ७ देखि १० वटा चलचित्र चल्ने र त्यसैले नेपाली चलचित्र उद्योग धानिरहेको उनको भनाइ छ । “यही ७ देखि १० वटा चलचित्र पनि नचल्ने हो भने नेपाली चलचित्र उद्योग नै चलायमान हुँदैन । धन्न यति भए पनि चलचित्र चलिरहेका छन् र चलचित्र उद्योग चलायमान भइरहेको छ,” नीर भन्छन्, “यसका लागि दीपकराज गिरी, रामबाबु गुरुङ, रवीन्द्र सिंह बानियाँ, सन्तोष सेनलगायतलाई धन्यवाद ।” 

जति धेरै चलचित्र चल्यो त्यति नै सिनेमा उद्योगको चाँडो विकास हुने उनको भनाइ छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्