site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
विपीन कार्की भन्छन्– ‘भष्मे डन’ मेरो पहिचान हो  

काठमाडौं । अभिनेता विपीन कार्कीले ‘भष्मे डन’ आफ्नो पहिचान भएको बताएका छन् । आफूलाई चिन्ने नाम नै  ‘भष्मे डन’ भएको उनको अनुभव छ । 

“भष्मे डन मेरा लागि एउटा चलचित्रको क्यारेक्टर मात्रै होइन । यसलाई मैले मेरो एउटा सिनेमाको क्यारेक्टरका रूपमा मात्रै हेरेको छैन,” चलचित्र पशुपतिप्रसाद–२ : भष्मे डनको ट्रेलर रिलिज कार्यक्रममा विपीनले भने, “भष्मे डन मेरो पहिचान हो । भष्मे डन मेरो परिचय हो । मलाई यसमा गौरभ पनि छ ।” 

Dabur Nepal
NIC Asia

आफूलाई विपीनभन्दा पनि ‘भष्मे डन’ भनेर चिन्नको संख्या धेरै रहेको उनले बताएका छन् । “मलाई धेरैले यहीबाट चिन्नु हुन्छ । विपीन कार्की भनेर चिनाउँदा चिनेन भने भष्मे डन भनेर भनेपछि चिन्नुहुन्छ । यतिभन्दा पनि चिनेन भने भष्मेको स्वर निकालेपछि ए यो पो रै’छ भन्नुहुन्छ,” उनले भने । 

चलचित्र ‘पशुपतिप्रसाद’प्रति आफ्नो बेग्लै एट्याचमेन्ट रहेको उनले बताएका छन् । “मैले मेरो जीवनभर नभुल्ने क्यारेक्टर हो यो । मेरो मनको ग्यालरीभित्र बस्ने क्यारेक्टर हाे भष्मे डन । मेरो बेस्ट क्यारेक्टरमध्येको एक हो यो ।” 

‘चलचित्र पशुपतिप्रसाद–२ : भष्मे डन’ कात्तिक ४ गते रिलिज हुँदै छ । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रको लेखक तथा निर्देशक खगेन्द्र लामिछाने हुन् । 

चलचित्रमा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro