site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
गुगल ‘पिक्सेल ८’ सिरिज : अन्य एन्ड्रोइड निर्मातालाई दबाब, एप्पललाई चुनौती
Sarbottam CementSarbottam Cement

काठमाडौं । गुगलले केही दिनअघि आफ्नो बहुप्रतिक्षित स्मार्टफोन ‘पिक्सेल ८’ सिरिज सार्वजनिक गरेको छ । गत साताको बुधबार गुगलले सिरिजअन्तर्गत पिक्सेल ८ र पिक्सेल ८ प्रो सार्वजनिक गरेको थियो ।

यी फोनमा वस्तुलाई नाप्न सकिने, तापक्रम पत्ता लगाउने र अर्को महत्वपूर्ण फिचरका रूपमा सात वर्षसम्मको सफ्टवेयर सपोर्ट दिने विशेष सुविधा रहेको छ ।

पिक्सेल स्मार्टवाच २ सहित सार्वजनिक भएको यो फोनले आइफोन १५ सिरिजसँग महत्वपूर्ण प्रतिस्पर्धा गर्ने ठानिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पिक्सेल ८ को मूल्य ६९९ अमेरिकी डलर (करिब ९२ हजार नेपाली रुपैयाँ) रहेको छ भने, पिक्सेल ८ प्रोको मूल्य ९९९अमेरिकी डलर (करिब १ लाख ३२ हजार नेपाली रुपैयाँ) रहेको छ ।

फोनमा फोटो खिच्दा सबैलाई एउटै दिशातर्फ हेरिरहेको र हासिरहेको जस्तो देखाउन सकिने ‘बेस्ट टेक’, जेनेरेटिभ एआई प्रयोग गर्नसकिने र भिडियोमा ब्याकग्राउन्डको हल्ला हटाउन सकिने जस्ता अत्याधुनिक फिचर रहेका छन् ।

Global Ime bank

यस्तै, पिक्सेल ८ प्रोमा म्यानुअल क्यामेरा कन्ट्रोल र एआईसहितको नाइट साइट भिडियो जस्ता विभिन्न सुविधा उपलब्ध छन् ।

दुवै फोनमा गुगलको नयाँ टेन्सर जी३ चिपसेट रहेको छ भने, आर्टिकलको सारांश भन्ने, पढ्नसक्ने, अनुवाद गर्नसक्नेदेखि ग्रामर चेकगर्नसक्ने जस्ता अत्याधुनिक एआई सुविधा रहेका छन् ।

र सबैभन्दा महत्वपूर्ण रूपमा सात वर्षसम्म सफ्टवेयरका लागि सहयोग वा सपोर्ट उपलब्ध गराउने कम्पनीको विशेष सुविधा मानिएको छ ।

यसले पछिल्लो समय विश्वभर मोबाइल फोनको व्यापार घट्दै गएका बेला लामो समय सुरक्षित रूपमा फोन चलाउन खोजिरहेका प्रयोगकर्तालाई विशेषरूपमा आर्कषित गर्ने अपेक्षा गरिएको छ ।

यसले एन्ड्रोइड फोन उत्पादन गर्ने अन्य कम्पनीहरूलाई समेत सफ्टवयर सपोर्ट अवधि बढाउन बाध्य पार्ने ठानिएको छ ।

जुन ग्राहकहरूका लागि फाइदाजनक हुनेछ । यसअघि गुगलले पिक्सेल ६ मा तीन वर्षको सफ्टवेयर अपडेट दिँदा सामसङले ग्यालेक्ससी एस र जेड फोनमा चार वर्षसम्म अपडेट दिने निर्णय गरेको थियो ।

वानप्लसले पनि हालै चार वर्षसम्म सफ्टवेयर अपडेट र पाँच वर्षसम्म सुरक्षा अपडेट दिने घोषणा गरेको छ । पिक्सेल ८ ले सात वर्षसम्म सफ्टवेयर अपडेट दिने घोषणा गरेसँगै यसले अन्य फोन निर्मातालाई फेरि प्रतिस्पर्धामा ल्याउने भएको हो ।

अत्याधुनिक फिचर, लामो समयसम्म नयाँ सफ्टवेयर चलाउन पाइने र सुरक्षा अपडेट पाइरहने जस्ता सुविधाका कारण पिक्सेल ८ सिरिजले आइफोन १५ लाइ टक्कर दिने आँकलन गरिएको छ ।

गुगलको पिक्सेल स्मार्टवाच २ पनि परिस्कृत डिजाइन र १० प्रतिशत कम तौलका साथ विशेष फिचरसहित बजारमा आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय