site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरोमा जेसीबी पुरिँदा चालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

रुपन्देही । पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसीबी पुरिँदा चालकको मृत्यु भएको छ । 

रामपुर नगरपालिका–१०, बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडकखण्ड मर्मत गरिँदै थियो । सोही क्रममा बा२क १९५७ नम्बरको जेसीबी टोक्सेमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा पुरिएको हो ।

Dabur Nepal
NIC Asia

जेसीबी चालक दाङको शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनालगत्तै प्रहरीचौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले घाइते खड्काको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको थियो । उपचारकै क्रममा गए राति घाइते खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro