site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पर्यटकीयस्थल सोवाङ धुरीमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना
Sarbottam CementSarbottam Cement

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीको पर्यटन प्रवर्द्धनमा स्थानीय मण्डली युवा क्लबले सक्रियता बढाएको छ । 

धौलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने पर्यटकीयस्थल सोवाङ धुरीको प्रचारप्रसारका लागि युवा क्लबले प्रवर्द्धन अभियान सञ्चालन गरेको हो । समुद्री सतहदेखि तीन हजार ८४० मिटरको उचाइमा अवस्थित सोवाङ धुरीमा युवा क्लबको नेतृत्वमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

क्लबका अध्यक्ष प्रवीन बुढाको नेतृत्वमा गएको आठ जनाको टोलीले सोवाङ धुरीमा ‘दृश्यावलोकन केन्द्र ’ स्थापना गरेका हुन् । अध्यक्ष बुढासहित उपाध्यक्ष, मेकिन पुन, सचिव सन्दीप तिलिजा, सहकोषाध्यक्ष अनोज गर्वुजालगायतको टोलीले चिमखोला गाउँदेखि करिब सात घण्टाको पैदलयात्रा गरी सोवाङ धुरीमा पुगेका थिए । 

चिमखोलादेखि पात्लेखेत–सिजी–थामडाँडा, हुँदै सोवाङधुरी पुगेर त्यहाँको पर्यटन सम्भावनाको खोजी र प्रवर्द्धन गरिएको क्लब अध्यक्ष बुढाले बताए । “अथाह सम्भावना भएर पनि ओझेलमा परेको सोवाङधुरीलाई प्रवर्द्धन गर्न पहल गरेका हौँ, यो क्षेत्रको प्रचारप्रसार र पूर्वाधार निर्माण गर्नसकेमा उत्कृष्ट गन्तव्य बनाउन सकिन्छ”, अध्यक्ष बुढाले भने । 

Global Ime bank

धौलागिरि आइसफल पदमार्गअन्तर्गत सोवाङ धुरी एकै ठाउँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गतका दर्जनौँ हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिने ठाउँको रुपमा परिचित छ । सोवाङ धुरीबाट मनोरम हिमशृङ्खलासँगै म्याग्दीका विभिन्न ग्रामीण बस्तीलाई समेत अवलोकन गर्न सकिने र जैविक विविधतायुक्त क्षेत्र भएकाले यहाँको दृष्यले पर्यटकलाई लोभ्याउने गरेको क्लबका सदस्य वकिल पुन मगरले बताए ।    

म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने गरी पहिचान भएको धौलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ गायत्री मन्दिरदेखि सुरु भएर भगवती–रुइसे–भेडिओढार–मुटुकाटे–पजत्राधुरी हुँदै सोवाङधुरी जोड्ने मुख्य पदमार्ग रहेको छ । मुख्य पदमार्ग र चिमखोला हुँदै सोवाङ धुरी पुगेपछि पर्यटक नेपाने–लोसधाप–लाटीबराह–कालीबराह ताल हुँदै धौलागिरि हिमालको आधार शिविर पुग्ने गर्छन् । 

आधार शिविरबाट बाँझोबुकी हुँदै कुइनेमंगलेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल रिखार हुँदै र रघुगंगा नदीको किनार नै किनार हुँदै संगुरथला भएर कुइनेमंगलको घ्यासीखर्क–चिमखोला हुँदै फर्कन मिल्ने गरी दुई वटा पदमार्ग सञ्चालनमा रहेको रघुगंगा गाउँपालिका–७  चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजाले जानकारी दिए । “हरेक वर्ष पदमार्ग निर्माणको काम भइरहेको छ, अहिले पनि पर्यटन बोर्डबाट आएको बजेटबाट पदमार्ग स्तरोन्नतिको काम जारी छ, तर अक्करे पहाड र भिरमा अझै पनि पदमार्गलाई सुधार गर्न सकिएको छैन, त्यसको लागि थप बजेटको आवश्यकता छ”, वडाध्यक्ष पाइजाले भने ।  रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement