site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सशस्त्र प्रहरीले चाडपर्वलक्षित निःशुल्क बस सञ्चालन गर्ने

काठमाडौं । सशस्त्र प्रहरीले चाडपर्वलाई लक्षित गरेर बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूको परिवारका लागि निःशुल्करूपमा बस सेवा सञ्चालन गर्ने भएको छ ।

चाडपर्वको बेला घर बिदा जाने सशस्त्र प्रहरी कर्मचारीहरूको आवतजावतमा यातायात सहजताका लागि गत वर्षदेखि सञ्चालन भएको निःशुल्क बस सेवाले यस वर्ष पनि निरन्तरता पाउने सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ । अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए ।

दसैँको अवसरमा काँकडभिट्टाका लागि दिउँसो २ बजे र गड्डाचौकीका लागि बिहान १० बजे मुख्यालयबाट छुट्ने दुई वटा बसले असोज २४ गतेदेखि कार्तिक १२ गतेसम्म सेवा प्रदान गर्ने छ ।

त्यस्तै, तिहार र छठ पर्वको अवसरमा सञ्चालन हुने बस समेत कार्तिक २४ गतेदेखि मंसिर ४ गतेसम्म सोही समयमा मुख्यालयबाट छुट्ने वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  २०:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro