काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित हार्ड रक क्याफेले ‘मेसी किड्स मेन्यू’ सार्वजनिक गरेको छ ।
शनिबार (अक्टोबर ७) मा हार्ड रक इन्टरनेसनलले आफ्नो ग्लोबल ब्रान्ड एम्बेसडर लियोनल मेसीसँगको सहकार्यमा ‘दी हार्ड रक मेसी किड्स मेन्यू’ सार्वजनिक गरेको हो ।
हार्ड रक इन्टरनेसनलअन्तर्गत विश्वभर रहेका हार्ड रक क्याफे, हार्ड रक होटेल र क्यासिनोको सहभागितामा नयाँ मेन्यू सार्वजनिक भएको थियो ।
विश्व प्रसिद्ध फुटबल खेलाडी मेसीसँगको सहकार्यमा हार्ड रक इन्टरनेसनलले आफ्नो मेन्यूमा ‘मेसी एक्स बर्गर’, ‘मेसी गोल्डेन चिकेन स्यान्डविच’ र अन्य बच्चाका लागि हुने खानेकुराहरु थपेको छ ।
हार्ड रक क्याफे काठमाडौंका सहायक महाप्रबन्धक नारायण सुवेदीले ‘दी हार्ड रक मेस्सी किड्स मेन्यू’ थप्न पाउँदा बालबालिकाहरुका लागि थप स्वादिष्ट विकल्प उपलब्ध हुने भएको भन्दै खुसी व्यक्त गरे ।