site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारले बजेटमा कामै गर्न सकेन, राष्ट्र बैंकको कदम स्वागतयोग्य : स्वर्णिम वाग्ले
SkywellSkywell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बजेटमा तोकिएको समयसीमाभित्र कामै गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको समयसीमाभित्र रहेर सरकार आफैंले काम नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे । 

Dabur Nepal
NIC Asia

तर, सांसद वाग्लेले नेपाल राष्ट्र बैंकले भने मुलुकको अर्थतन्त्रमा राहत दिने खालका नीतिहरु ल्याएको भन्दै स्वागत गरे । उनले मुलुकको आर्थिक दुरावस्थाका लागि नेपाल राष्ट्र बंैकलाई मात्रै जिम्मेवार ठह¥याउने परिपाटीबाट छुट्कारा पाउनैपर्ने बताए ।

“विभिन्न म्यादहरु कुनै पनि पूरा भएका छैनन् । हामीले अर्थमन्त्रीलाई शंकाको लाभ दिएकै हो । तर, त्यो स्पिरिटअनुसार काम भएको छैन,” उनले भने, “यस्तो सरकारी नैराश्यताका बीच पनि राष्ट्र बंैकले भने केही कसिला नीतिहरुलाई खुकुलो गरेको छ । त्यसको म स्वागत गर्न चाहन्छु । अर्थतन्त्रमा यसले केही राहत मिलेको छ ।”

सांसद वाग्लेले सरकारका गतिविधिले मुलुकको आर्थिक क्षेत्रमा नैराश्यता उत्पन्न गराए पनि राष्ट्र बैंकले लिएका खुकुला नीतिले अर्थतन्त्रमा केही राहत मिलेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu