site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संघीयताले गरिखाएन, जनताले मान्य छैन भनेर देखाइसके : चित्रबहादुर केसी
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनतालाई संघीय व्यवस्था मान्य नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले नेपाली जनताले नेपालमा एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुन नसक्ने कुरा महसुस गरिसकेको बताए ।

नेपाली जनताले संघीयता मान्य छैन भनेर देखाइसकेको उनले बताए । जनतालाई मान्य नहुँदा पनि संघीयताको मुरली किन बजाइरहेको भनेर सांसदहरुलाई उनले प्रश्न गरे । मुख्यमन्त्रीहरुलाई भैँसेपाटीमा दरबार बनाउनु नै संघीयता हो ? भन्ने उनको प्रश्न थियो ।

“लाज नमानिकन प्रजातान्त्रिक विकेन्द्रीकरण गरौँ । नगरपालिका र गाउँपालिकालाई अधिकार दिऔँ । नेपालमा एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुँदै होइन,” उनले भने, “नेपाली जनताले महसुस गरिसके । हामीले यहाँ जति घोक्रो फुलाए पनि नेपाली जनतालाई यो मान्य छैन भनेर देखाइसके । कोसीमै देखाइरहेका छौँ ।”

अध्यक्ष केसीले संघीयताले गरी नखाएको टिप्पणी गरे । प्रजातान्त्रिक विकेन्द्रीकरण गरेर स्थानीय तहलाई अधिकार दिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro