site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद खानको प्रश्न : मलेसिया जाँदा बायोमेट्रिक्स किन गर्नुपर्‍यो ?
फाइल तस्बिर।

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले अन्य देश जाँदा बायोमेट्रिक्स गर्न नपर्ने तर, मलेसिया जाँदा चाहिँ किन पर्ने भन्दै प्रश्न गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बायोम्याट्रिक्स गर्दा नौ हजार ८०० खर्च हुने भन्दै उनले मलेसिया जाँदा मात्र किन गर्नुपर्ने भन्दै प्रश्न गरे ।

सांसद खानले फ्री भिसा फ्री टिकट भने पनि टिकटको नाममा तीनदेखि साढे तीन लाख असुली भइरहेकोमा पनि सरकारको ध्यानाकर्षण गराए ।

“सातदेखि १० लाख नेपाली दाजुभाइ, दिदीबहिनी गएका छन् । फ्री भिसा, टिकट तीनदेखि साढे तीन लाख असुली गरेको छ,” उनले भने, “अन्य देशमा जाँदा बायोमेट्रिक्स नचाहिने, मलेसिया जाँदा किन चाहिने ? नौ हजार ८०० खर्च हुन्छ ? यो किन चाहिएको हो ?”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro