site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘ग्रान्ड डिजाइन’ गरेर प्रदेश खारेजीको दुश्प्रयास भएको छ : प्रदीप यादव
फाइल तस्बिर।

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले धेरै प्रदेशमा केही तत्वहरुले ग्रान्ड डिजाइनम प्रदेश खारेज गर्नुपर्छ भनेर जुलुस निकालेको आरोप लगाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संघीयता कसैको आर्शिवाद, हुकुमबक्सिसमा नआएको भन्दै नेपाली जनताको बलिदानीले र खुन पसिनाले आएको बताए । उनले केन्द्रले संघीयता बलियो बनाउन नचाहेको पनि बताए ।

Argakhachi Cement Island Ad

“यसलाई मजबुत बनाउने सरकारको काम हो । सबै शक्ति माथि राख्ने, प्रदेशलाई नदिने अनि कसरी हुन्छ ? सरकार बदनाम हुन्छ नै । अघिल्लो सरकार पनि त्यही, अहिलेको सरकार पनि त्यही बाटोमा छ,” उनले भने ।

संघमा प्रहरी प्रशासन राखेर संघीयता बलियो नहुने भनाइ उनको थियो ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्