site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अस्ट्रेलियाविरुद्ध भारतले पहिले फिल्डिङ गर्ने

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको आफ्नो पहिलो खेलमा घरेलु टिम भारतले अस्ट्रेलियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

चेन्नाईस्थित एमए चिदम्बरम रंगशालामा भएको टस जितेर अस्ट्रेलियाका कप्तान प्याट कुमिन्सले ब्याटिङको निर्णय गरे । घरेलु टिमलाई फिल्डिङको निम्तो दिए ।

यही अक्टोबर ५ देखि सुरु भएको प्रतियोगितामा दुवै टिमको यो पहिलो खेल हो । यो संस्करणमा १० टिमको सहभागिता छ । योपटक भारत, अस्ट्रेलियासँगै इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दै छन् ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro