राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश समिति पुनर्गठन भएको छ ।
दाङको लमहीमा शनिबार सम्पन्न भेलाले अशोककुमार यादवको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरेको हो ।
समितिको उपाध्यक्षमा अब्दुल रसिद, राम अवतार यादव, चन्द्रा धामा हरिजन मुख्यसचिव राजन राना मगर, सचिव हिमानी थापा, नेत्र थापा, सन्दिप पाण्डेय र कोषाध्यक्ष अम्बिका काफ्ले रहेका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् लुम्बिनी प्रदेशका इन्चार्ज राजकिशोर यादव, राजनीतिक समिति सदस्य केशव पौडेल, मनिकर कार्की लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८० ०७:४३
प्रतिक्रिया दिनुहोस्