site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
इजरायलमा यस्तो छ स्थिति (१३ तस्बिर)

एस्केलोन (इजरायल) । प्यालेस्टाइनी लडाकुले गाजापट्टीबाट हवाई, समुद्र र स्थलमार्ग हुँदै इजरायलविरुद्ध ‘युद्ध’ सुरु गरेका र आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको शनिबार इजरायली अधिकारीहरूले बताएका छन् ।

इजरायली चिकित्सकले २२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । घटनामा दर्जनौँ व्यक्ति घाइते भएका इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ‘आफूहरू युद्धमा रहेको’ भन्दै कडा प्रतिकारको चेतावनी दिएका छन् । उनले भने, “यो आक्रमणका लागि शत्रुले अनपेक्षित मूल्य चुकाउनुपर्नेछ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गाजापट्टीलाई नियन्त्रण गर्ने इरान समर्थित हमासले एक भिडियो जारी गरेको छ, जसमा उसका लडाकुले सादा पोसाकमा सजिएका तीनजनालाई समातेका छन् । भिडियो क्याप्सनमा ‘शत्रु सैनिक’का रूपमा वर्णन गरिएको छ ।

हमासको सशस्त्र शाखा इजेदिन अल–कासम ब्रिगेडले भनेको छ, “हामीले इजरायलद्वारा कब्जा गरिएका सबै अपराध अन्त्य गर्ने निर्णय गर्‍यौँ । जवाफदेही नबनाई विद्रोह गर्ने उनीहरूको समय सकिएको छ । हामीले ‘अपरेसन अल अक्सा फ्लड’को घोषणा गर्‍यौँ र हामीले २० मिनेटको पहिलो आक्रमणमा पाँच हजारभन्दा बढी रकेट प्रहार गर्‍यौँ ।”

इजरायली सेनाले प्यालेस्टिनी लडाकुसँग गाजापट्टीनजिकका विभिन्न स्थानमा लडिरहेको जनाएको छ । सेनाले प्रतिरक्ष कारबाहीलाई ‘फलामको तरवार’ नाम दिएको छ । सेनाका प्रवक्ता रिचार्ड हेक्टका अनुसार लडाकुले प्याराग्लाइडर, समुद्र र जमिनबाट संयुक्त रूपमा आक्रमण गरेका थिए ।

सामाजिक सञ्जालमा आएका अपुष्ट भिडियोमा सेनाको पोसाक लगाएका कैयौँ व्यक्तिको शव देखिएको छ । राजमार्गमा पनि मृत्यु भएका सवारीचालक र यात्रीको शव देखिएको छ ।

आफ्नो घरमा आतंककारीले गोली हानेर सुरक्षित कोठाभित्र पस्न खोजेपछि एक महिलाले ‘कृपया सहयोग पठाउनुहोस्’ भनी बिन्ती गरेकी थिइन् ।

सन् २००७ मा हमासले कब्जा जमाएपछि २३ लाख मानिसको बसोबास रहेको गाजामा आतंककारीको घुसपैठ विरलै भएको छ । गाजालाई इजरायलबाट सैन्यीकृत सीमा अवरोधद्वारा बन्द गरिएको छ । रासस/एएफपी

थप तस्बिर हेर्नोस्–

i13-1696692730.jpg

i11-1696692729.jpg

i12-1696692729.jpg

i9-1696692728.jpg

i4-1696692727.jpg

i5-1696692727.jpg

i1-1696692726.jpg

i2-1696692726.jpg

i3-1696692726.jpg

ii3-1696693255.jpg

ii1-1696693254.jpg

ii2-1696693254.jpg

 

 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  २१:१८
प्रतिक्रिया दिनुहोस्