site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गणतन्त्रमाथि प्रहार भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘जनयुद्ध’ गर्नु गल्ती र हिंसा थियो भनेर एकथरीले भड्काउने प्रयास गरेको उनले उल्लेख गरे । उनले परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिरहनुपर्ने बताए ।

अराजकतालाई प्रश्रय दिने अभिव्यक्ति नदिन उनले आग्रह गरे । उनले राम्रा काम हुँदाहुँदै पनि समाजमा नराम्रा मात्र देख्ने परिपाटी रहेको टिप्पणी गरे ।

प्रधानमन्त्री प्रचण्डले नेतृत्व भनेको जनता र इतिहासले आन्दोलन र संघर्षका बीचबाट जन्माउने बताए ।

“संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण भइरहेको छ । त्यसमाथि प्रहार भइरहेको छ । जनयुद्ध गर्नु गल्ती थियो, हिंसा थियो, त्यो अपराध थियो, एउटा एंगल तपाईंहरूले सुनिरहनुभएको छ– संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु गलत थियो । त्यसलाई उल्ट्याउनुपर्छ भन्ने अर्को कोण तपाईं–हामीले देखिरहेका छौँ । सुनिराखेका छौँ । र, यो परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिरहनुपर्छ भन्ने अर्को पक्ष पनि छ,” उनले भने, “एकथरी मानिसहरू यो परिवर्तनका वाहकहरूलाई विद्रुपीकरण गर्ने, तिनलाई बदनाम गर्ने, कुनै तरिकाले तिनको प्रभावलाई, एजेन्डालाई कमजोर पार्ने कसरत भइरहेको छ । त्यसलाई मद्दत दिने गरी हाम्रा अभिव्यक्ति हुने कि यो परिवर्तनको रक्षा गर्नेहरूको पक्षमा हुने भन्ने फैसला सबै क्रान्तिकारीहरूले गर्नुपर्छ । अहिले राम्रा काम भएको हामीले खोज्न थालेका छौँ । नराम्रा मात्रै देख्न थालेका छौँ । यो के भएको हो ? सोचको समस्या हो कि लिडरसिपको समस्या हो ? लिडरसिप भनेको जनताले र इतिहासले आन्दोलन र संघर्षको बीचबाट जन्माउने कुरा हो ।”

दक्षिणपन्थीले देशमा टाउको उठाउने खतरा रहेको उनको भनाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro