site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
क्यानडामा नेपथ्यको दोस्रो कन्सर्टमा रमाए भ्यानकुभरका दर्शक

भ्यानकुभर । सहरको  मुटुमै रहेको ‘भोग थिएटर’ मा नेपथ्य कन्सर्ट सकिएपछि दर्शक उत्साहका साथ बाहिरिँदै थिए । त्यतिबेलै क्यानडा बस्दैआएका बिरु महर्जनले भिडियो रेकर्डिङ सुरु गरे । त्यो लाइभ रेकर्डमा बोल्ने सबै दर्शक खुसी प्रकट गरिरहेका थिए । कतिपयले ‘भ्यानकुभरमा आजसम्मकै सबैभन्दा भब्य नेपाली कार्यक्रम’ भनेर प्रतिक्रिया ब्यक्त गरिरहेका थिए । 

क्यानडामा सांगीतिक यात्रामा रहेको लोकरक ब्याण्ड नेपथ्यको दोस्रो कन्सर्ट भ्यानकुभरमा सम्पन्न भएको छ । कन्सर्टको सुरुआत अघिल्लो पटकजस्तै ‘सा कर्णाली’ म्यूजिक भिडियोबाट भएको थियो । त्यसलाई वैदेशिक रोजगारीमा गएकाहरूको भावमा उभ्याइएको ‘मैमरि जाउँला’ गीतले निरन्तरता दिएको थियो ।

चर्को स्वागतका बीच मञ्चमा नेपथ्य टोली आएपछि भने ‘कोसीको पानी यो जिन्दगानी’ ब्याण्डको पहिलो प्रस्तुति बन्नपुग्यो । गीतमा रहेको ‘आमाको कोखमा बासमात्र लिएँ, कुन देशको मरन हौ हजुर’ गाइरहँदा दर्शकदीर्घामा कतिपय अनुहार भावुक देखिन्थे । 

कन्सर्टमा ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते सुरती’, ‘यो जिन्दगानी’, ‘रेशम’, ‘तालको पानी’, ‘रातो र चन्द्रसूर्जे’ लगायत गीत गाइएको थियो । 

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

भ्यानकुभरको दोस्रो कन्सर्ट सम्पन्न भएपछि अब ब्याण्ड ८ तारिख आइतबारका दिन टोरन्टोमा प्रस्तुत हुने भएको छ । शोका लागि टोली टोरन्टो पुगिसकेको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  ०८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro