
काठमाडौं । ‘पिताम्बर’ फेम्ड निर्देशक कृषा चौलागाईंले जापानमा चलचित्र साइन गरेकी छन् ।
उनले जापानमा नयाँ सिनेमा निर्देशनको साइन गरेकी हुन् । उनले नेपाल, भारत र फिलिपिन्सका कलाकारहरूले एकसाथ काम गर्न लागेको अनटाइटल प्रोजेक्टमा साइन गरेकी प्रेस नोटमा उल्लेख छ ।
यो चलचित्रलाई यूएनए प्रोडक्सनले निर्माण गर्दै छ । चलचित्रमा जापानको एक टिमको समेत सहकार्य गर्ने भएको छ । जापानमा रहेर फिल्म वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको नाममा यो चलचित्रलाई निर्माण गर्नेछ ।
यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाईं र निर्देशक चौलागाईंबीच कागजी सम्झौता भएको छ ।
यो चलचित्रको छायांकन भदौबाट सुरु हुनेछ । छायांकन नेपाल, जापान र फिलिपिन्समा हुनेछ ।