site stats
बाह्रखरी :: Baahrakhari
देश
दोस्रो चरणको वार्तामा पनि जुटेन सहमति

काठमाडौं । सरकार र यातायात व्यवसायीबीच भएको दोस्रो चरणको वार्तामा पनि सहमति जुट्न सकेन । 

भोलि बिहान १० बजे पुनः बस्ने गरी आजको छलफल सकिएको सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए । 

Argakhachi Cement Island Ad

वार्तामा सहमति नभएपछि व्यवसायीले जारी आन्दोलनलाई निरन्तरता दिने बताएका छन् ।

“वार्ता पनि निरन्तर गर्दै जाने र आन्दोलन पनि रोकिने छैन,’ खनालले बाह्रखरीसँग भने, “तत्काल सार्वजनिक यातायात सञ्चालन हुँदैन ।”

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १९:५३
प्रतिक्रिया दिनुहोस्