-1713361343.jpg)
काठमाडौं । सन् २०२५ का पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार, जनवरीदेखि मे महिनासम्म कुल पाँच लाख एक हजार २६४ पर्यटक नेपाल आएका हुन् । मेमा मात्रै ८६ हजार २१६ पर्यटक नेपाल आएका छन् । यस्तै, जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा एक लाख २१ हजार ८०० र अप्रिल महिनामा एक लाख १६ हजार ४९० पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।
मे महिनामा सबैभन्दा बढी भारतबाट २८ हजार १६०, अमेरिकाबाट नौ हजार ७४, चीनबाट आठ हजार ८२४, बंगलादेशबाट चार हजार २८०, संयुक्त अधिराज्य बेलायतबाट तीन हजार ४७३ पर्यटक नेपाल भित्रिएका छन् ।
मेमा दक्षिण एसियाली मुलुकबाट ३४ हजार ३५०, एसिया र अन्य मुलुकबाट १८ हजार ६९ पर्यटक नेपाल आएका छन् ।