site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाले भन्यो– गृहमन्त्रीले राजीनामा र प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् अघि बढ्दैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले सदनमा जवाफ नदिएसम्म संसद्को कारबाही अघि बढ्न नदिने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । 

उनका अनुसार, मंगलबारको बैठकमा पनि जेठ १३ र १४ गतेकै भूमिकामा प्रस्तुत हुने बैठकले निर्णय गरेको छ । कार्यवाहक प्रवक्ता झाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पद छोडेर अनुसन्धानमा सघाउनुपर्ने बताए । "भोलिको संसद् बैठकमा पनि हामी जेठ १३ र १४ गतेको बैठककै भूमिकामा प्रस्तुत हुन्छौँ । भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्नको लागि गृहमन्त्रीज्यूले पद छोडिदिनुपर्छ । अरुलाई छानबिन गर्नको लागि आफू पछि हटेर स्पेस दिनुपर्छ," झाले भने । 

Argakhachi Cement Island Ad

उनले परिवारको सदस्यले गरेको बद्मासीको जिम्मेवारी अभिभावकले लिने उल्लेख गर्दै उक्त प्रकरणबारे गृहमन्त्री स्वयंले नभई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने समेत उल्लेख गरे ।

संसद्को कारबाही अगाडि बढाउने र गृहमन्त्रीको राजीनामाबारे अन्य प्रतिपक्षी दलहरूसँग समेत सहकार्य गर्ने निर्णय भएको उनले जानकारी दिए । 
 

 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १९:५३
प्रतिक्रिया दिनुहोस्