site stats
बाह्रखरी :: Baahrakhari
कला
‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ अब भयो  ‘...मान्छे’

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को नाम परिवर्तन भएको छ । अब यो चलचित्रको नाम ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भएको छ । 

हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा जोडिएको ‘बाहुन’मा चासो देखाएपछि विवादमा फस्न नचाहेकाले ‘बाहुन’को ठाउँमा ‘मान्छे’ राखिएको निर्माणपक्षले जनाएको छ । 

नाम परिवर्तन गर्दै निर्माणपक्षले पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा मुख्य पात्रको क्यारेक्टर लुक्समा छन् । पोस्टरमा मुख्य कलाकार विजय बराल छन् । 

Argakhachi Cement Island Ad

रातो सर्ट लगाएर दुईवटा झोला बोकेर घरबाट निस्किन लागेका उनेको निधारमा टीका छ । घरबार निस्किने बेलामा आर्शिवाद लिएको जस्तो देखिएको छ । पोस्टरको कलरले बिहानको समयको संकेत गरेको छ । पोस्टरले गाउँ छोडेर सहर जान लागेको संकेत गरेको छ । 

निर्माणपक्षले विजयलाई ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको छ । 

निर्देशक हिमाल न्यौपानेका अनुसार ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई देखाउनेछ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा भन्ने उनले बताए ।

चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

बलियो लाइनअप देखिएको चलचित्रमा अभिनेता विजय बरालसँगै अभिनेत्री केकी अधिकारी र मिरुना, मगर गौरव पहाडी, सुशांक मैनाली लगायतको मुख्य भूमिका छ । चलचित्रमा भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लागायतको अभिनय रहेको छ ।

पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डिसी रहेका छन् ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्रमा प्रसान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको संगीत रहनेछ ।

नवीन गुरुङ डीओपी रहेको चलचित्र तिजको अवसर पारेर भदौमा प्रदर्शन हुने बताइएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्