site stats
बाह्रखरी :: Baahrakhari
कला
‘फर्की फर्की’मा अनमोल र जसितापछि सम्वृद्धि र रवि 

काठमाडौं । रोहित अधिकारीको चलचित्र ‘फर्की फर्की’को निर्माण कार्य अगाडि बढेको छ । अनमोल केसीले ‘रावायण’मा अभिनय नगर्ने भएपछि ‘फर्की फर्की’को निर्माण कार्य अघि बढेको हो । 

सुयोग गुरुङको निर्देशनमा बन्न लागेको चलचित्रमा अनमोलको जोडीको रुपमा नायिका जसिता गुरुङले काम गर्दै छिन् । 

चलचित्रमा अडिसनबाट दुई नयाँ कलाकारलाई छनोट गरिएको छ । अनमोल र जसितापछि मुख्य भूमिकामा सम्वृद्धि अर्याल र रवि काफ्लेले काम गर्ने तय भएको छ । उनीहरु अडिसनबाट छनोट भएको निर्माता अधिकारीले जानकारी दिए । 

नरेन्द्र मैनालीको छायांकन रहने चलचित्रमा रोमन बज्राचार्य, नरेन लिम्बू र अनमोल गुरुङको संगीत रहनेछ । 

रोहितसँग ओएसआर डिजिटलले सहकार्य गरेको छ । यो चलचित्रले सपना र विपनाबीचको कन्फ्युजनको कथा भन्नेछ । 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्