site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेताहरूलाई समूहमा जोडेर विभाजनको प्रयत्न भइरहेको छ : शंकर पोखरेल 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरलले पार्टीको प्रदेश अधिवेशनमा नेताहरूलाई समूहगत रुपमा जोडेर आन्तरिक विभाजनको प्रयास भइरहेको बताएका छन् । शुक्रबार उपत्यका विशेषको अधिवेशनमा उनले विगतमा पार्टीमाथि चौतर्फी हमला भएकाले सहमतिमै जोड दिइएको बताए ।
 
“विगतमा नेतृत्व निर्माणमा सहमतिमै जोड दियौं । त्यतिबेला पार्टीमाथि चौतर्फी हमला र आक्रमण भइरहेको थियो,” पोखरेलले भने, “पार्टीलाई विभाजित गर्ने काम भएको थियो । त्यतिबेला हामीले सहमतिमै जोड दिएका थियौं ।”

अहिले पार्टीमाथिको चुनौतीलाई सामना गर्न सफल भएको बताए । तर, आन्तरिक लोकतन्त्र अबलम्बन गर्दा नेताहरूलाई जोडेर विभाजनको खेल भइरहेको दाबी गरे ।
 
“पार्टी बाहिरबाट पार्टीलाई समूहगत विभाजित गर्ने, दुरुपयोगको प्रयत्न भइरहेका छन् । कार्यकर्ता नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने हो,” उनले भने, “सामाजिक सञ्जालमा आमसञ्चार माध्यममा नेताहरुलाई जोडेर विभाजनको आधार तयार गर्ने खेल भइरहेका छन् ।”

उनले एकपटकको प्रतिस्पर्धा सँधैंको प्रतिस्पर्धा जस्तो गरी लिन थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले त्यो कमजोरीबाट आफूलाई जोगाउनुपर्ने बताए । उनले अधिवेशनमा प्रतिनिधिहरूको भूमिकामाथि प्रश्न पनि उठाए । 

 “हरेक आकांक्षीले प्रतिनिधिका बीचमा जाँदा सबैले हुन्छ भन्दिने । हरेकले चुनाव जित्छु भनेर लड्नै पर्ने,” उनले भने, “ धेरै मिहिनेत गर्नुभएको छ । अहिले तपाईंभन्दा फलानो कमरेडको आवश्यकता छ भनेर प्रतिनिधिले नभन्ने प्रवृत्ति बाधक छन् ।”

नेतृत्वलाई जोडेर विभाजनको प्रयत्नमा प्रतिनिधिको उदासिनताले पनि काम गरेको उनको दाबी छ । उनले उपत्यका विशेषको अधिवेशन सर्वसम्मत नभए चुनावमा प्यानल नबनाउन निर्देशन दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro