site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भन्सार कार्यालयले भन्यो– सामान पाउने आसमा अन्जान व्यक्तिलाई रकम भुक्तानी नगर्नोस्
फाइल तस्बिर ।

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सामान पाउने आसमा अन्जान व्यक्तिलाई रकम भुक्तानी नगर्न आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै विभिन्न व्यक्तिले यसरी रकम माग गर्ने गरेको जनाएको छ ।

कार्यालयका अनुसार, फोन र सामाजिक सञ्जालका माध्यमको प्रयोग गरी विदेशबाट सामान आएको भन्दै रकम माग गर्नेक्रम बढेको छ ।

Argakhachi Cement Island Ad

“फोन तथा विभिन्न सामाजिक सञ्जालका माध्यमको प्रयोग गरी विभिन्न व्यक्तिले ‘विदेशबाट तपाईंको नाममा सामान आएको छ, सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा छ, उक्त सामान छुटाउन पैसा लाग्छ, पैसा तुरुन्त पठाउनुहोस्’ भन्दै अनुरोध गर्ने गरेको भनी यस कार्यालयमा सोधपुछ गर्न आउने व्यक्तिको संख्या बढ्दै गएको छ,” सूचनामा उल्लेख छ ।

यस्तो गलत सूचनाको प्रलोभनमा परी अन्जान व्यक्तिलाई रकम भुक्तानी नगर्न कार्यालयले सचेत गराएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्