site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
प्रतीकारात्मक तस्बिर ।
SkywellSkywell

काठमाडौं । झापा र सुनसरीमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । झापामा चारजना र सुनसरीमा ६ जना पक्राउ परेका हुन् ।

झापाको दमक नगरपालिका–६, बसपार्क लाइनस्थितमा टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने ३८ वर्षीय कुलबहादुर भुजेलसमेत चारजनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

Dabur Nepal
NIC Asia

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दकमबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार रूपैयाँ र एक बुक ताससहित पक्राउ गरको हो ।  

त्यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालका–२, सैनिक चोक बस्ने ४२ वर्षीय दिपेश भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्टराईसमेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चतरा र महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद एक लाख १७ हजार ५०० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  २२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu