site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
धर्म र सम्प्रदायको झन्डा छोडेर देशको झण्डा बोकौँ : सांसद झा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले धर्म र सम्प्रदायको झन्डा छोडेर देशको झन्डा बोक्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले देशका विभिन्न भू–भागमा धर्म र साम्प्रदायिक दंगा निम्त्याउने प्रयास भइरहेको बताए । उनले धर्म र सम्प्रदायको झन्डाभन्दा देशको झन्डा महत्वपूर्ण भएको भन्दै देशको झन्डा बोक्नुपर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

राजनीतिक दलहरूले भोटको राजनीति गरिरहेका भन्दै त्यसले क्षणिक फाइदा मात्रै हुने जिकिर गरे । विगतमा दल, धर्म र सम्प्रदायको मात्रै झन्डा बोकेको उल्लेख गर्दै उनले अब त्यसभन्दा माथि उठ्नुपर्ने बताए ।

उनले भने, "हाम्रो देशको केही भू–भागहरूमा हामी धर्मको लडाइँ गर्दै छौँ । साम्प्रदायिक दंगा निम्त्याउने प्रयासहरू हुँदैछ । केही दलहरूले, केही राजनीतिज्ञहरूले अहिलेदेखि नै भोटको राजनीति गर्न थालेका छन् । त्यो कसैको लागि फाइदाजनक हुनेछैन । अहिले धर्मको झन्डा बोक्न सिकाउँदैछ । तर कुनैपनि पुस्तालाई हामीले देशको झन्डा बोक्न सिकाएनौँ । देशको झन्डा बोक जुन धर्म र सम्प्रदायभन्दा महत्वपूर्ण छ भनेर । अहिले पनि देशको झन्डाभन्दा धर्म । तर देशको झन्डा कसले बोकिदिने ?"

Global Ime bank

उनले धर्म र साम्प्रदायिक दंगाबाट बच्न सबै सजग र जिम्मेवार हुनुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय