site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चीन भ्रमणमा प्रधानमन्त्रीले स्वर्णिम अवसर गुमाउनुभयो : रघुजी पन्त
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले चीन भ्रमणमा स्वर्णिम अवसर गुमाएको दाबी गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले चीन भ्रमणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेको नौवटा योजना कार्यान्वय गर्न चुकाउनु देशका लागि दुःखद् भएको बताए ।

Dabur Nepal
NIC Asia

उनले मुलकुको विकास, अग्रगति र गरिबी हटाउनका लागि बीआरआई कार्यान्वयनमा प्रधानमन्त्रीले हात कमाएको आरोप लगाए ।

“प्रधानमन्त्रीले एउटा स्वर्णिम अवसर गुमाउनुभयो । यहाँबाट जाँदा पहिले सम्झौता गरेको बीआरआई लागि भनेर पठाएको नौवटा योजना थियो । तिनीहरुलाई मात्रै कार्यान्वयन गरे पुग्छ भनेर धेरै विज्ञ, राजदूतहरुले सल्लाह दिएका थिए । उहाँले सार्वजनिक रुपमा भन्नुभएको थियो– बीआरआईमा हामी सामेल गर्छौँ, कार्यान्वयन गर्छौँ भनेर,” उनले भने, “तर, फर्केर आउँदा चीनमा उहाँको हात किन काम्यो थाहा छैन । नेपालले एउटा मौका गुमायो । राष्ट्रको पूर्वाधारमा भूमिका खेल्न सक्ने अवसर मुलुकले गुमायो । कमजोर नेतृत्व देशमा भएपछि कसरी अघि बढ्न सक्छ ?”

उनले ऋणको पासोमा परिन्छ भनेर बीआरआई कार्यान्वयन नगर्ने भनी गलत प्रचार गरिरहेको दाबी गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro