site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माछापुच्छ्रे बैंकले मनायो २३औँ वार्षिकोत्सव
SkywellSkywell

काठमाडौं । माछापुच्छ्रे बैंकले २३औँ वर्ष पार गरी २४औँ वर्षमा प्रवेश गरेको छ । २३ वर्ष अघि पोखरामा क्षेत्रीय स्तरको बैंकको रूपमा माछापुच्छ्रे बैंकको स्थापना भएको थियो ।

ग्राहकको अटुट विश्वास तथा अगाध माया, नियमकारी निकायको मार्गदर्शन, शेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनीय योगदानको फलस्वरुप आजको दिनमा आईपुग्दा व्यवसायिक बैंकहरूमा अब्बल स्मार्ट बैंकको रूपमा स्थापित हुन सफल भएको बैंकले जनाएको छ ।

२३ वर्ष पूरा गरी २४औँ वर्षमा प्रवेश गरेको अवसरमा बैँकले एक विशेष कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर यस बैंकमा सेवा गरिरहेका कर्मचारीहरूलाई सम्मान प्रदान गरेको छ ।

Dabur Nepal
NIC Asia

कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले २३ वर्षसम्म बैंकको निरन्तर उन्नति एवं उत्तरोत्तर प्रगति तथा सम्वृद्धिका लागि अभिभावकको रूपमा निरन्तर मार्गदर्शन दिने सबैलाई कृतज्ञता व्यक्त गरेका छन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्मार्ट बैंक भन्ने मूल नाराका साथ डिजिटल इकोनोमिमा प्रभावकारी भूमिका खेल्दै आईरहेको बैंकले आजको दिनसम्म आई पुग्दा आफूलाई स्मार्ट बैंकको रूपमा स्थापित गर्न सफल भएको बताएका छन् ।

आफ्नो २३औँ वार्षिकोत्सवको अवसरमा विभिन्न क्यासब्याक तथा अफरहरू ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधा (एमबीएल एम स्मार्ट, डेबिट तथा क्रेडिट कार्ड) बाट लिन सकिने बैंकले जनाएको छ ।

उक्त अफरअन्तर्गत दुईजना भाग्यशाली फोनपे मच्र्यान्टले सामसुङ ट्याब्लेट, एकजना भाग्यशालीले ५०० रुपैयाँको क्यासब्याक प्रत्येक दिन पाउन सक्नेछन् । साथै बैंकको एकजना ग्राहकले एमबीएल एम स्मार्टबाट फोनपे बिल्समाफर्त बिल भुक्तानी गर्दा निःशुल्क इन्टरनेट प्याकेज पाउन सक्नेछन् ।

यी अफर आश्विन १५ देखि आश्विन ३०, २०८० गते सम्मको लागि लागु रहने छन् ।

साथै बैंकका ग्राहकले दराजमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३५ सम्मको क्यासब्याक ५२३ र ७२३ रुपैयाँ, नेपालपे क्यूआरमार्फत भुक्तानी गर्दा २३ प्रतिशतसम्मको क्यासब्याक २२३ रुपैयाँ पाउन सक्नेछन् । 

सिटिटेकको तीनजना फीनपोस मच्र्यान्टले प्रतिदिन ५२३ रुपैयाँको रिचार्ज कार्ड, सीजी डिजिटल तथा सेलट्रोन नेपालेले एक मच्र्यान्टलाई सीजीटिभी र सेलट्रोनमार्फत होनर फोन पाउन सक्ने बैंकले जनाएको छ ।

यस्तै, मोकोमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३ प्रतिशतसम्मको २३० रुपैयाँ क्यासब्याक उडान टिकटमा र एक भाग्यशाली विजेताले टपअपमा ५० रुपैयाँ उपलब्ध रहेको बैंकले जनाएको छ । उक्त अफरहरू आश्विन १ गतेदेखि सुरु भएकोमा आश्विन १७ मा समाप्त हुने बैंकले जनाएको छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकहरूलाई सरल र सहज बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ बैंकले देशका सातवटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०२ वटा एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको बताएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu