site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल र लाओसबीच हुने फुटबलको टिकट मूल्य ५०० र ३०० रुपैयाँ 

काठमाडौं । फिफा विश्वकप छनोटको पहिलो चरणअन्तर्गत हुने नेपाल र लाओसबीचको खेलका लागि टिकट मूल्य तय गरेको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट मूल्य ५०० र ३०० रुपैयाँ तय गरेको हो ।  

Dabur Nepal
NIC Asia

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको एन्फाको आकस्मिक कार्यसमिति बैठकले लाओससँगको खेलका लागि भीआईपीतर्फ ५०० र साधारणतर्फ ३०० रुपैयाँ टिकट मूल्य तय गरेको हो । 

बैठकले विश्वकप छनोटका लागि उपाध्यक्ष दीपक खतिवडालाई संयोजनको जिम्मेवारी सुम्पिएको छ । 

यस्तै, टिकट व्यवस्थापनका लागि एन्फाका केन्द्रीय पुरुषोत्तम थापा, विकासनारायण श्रेष्ठ र प्रवक्ता सुरेश शाहलाई जिम्मेवारी दिईएको छ । 

छनोटको पहिलो चरणमा नेपालले असोज २५ गते पहिलो लेगमा लाओससँग घरेलु मैदानमा खेल्ने तालिका छ । त्यसपछि नेपाल दोस्रो लेगका लागि लाओस जानेछ । छनोटको दोस्रो लेग असोज ३० गते हुनेछ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro