site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार जति दिन टिक्छ, मुलुक त्यति नै बर्बादी हुन्छ : शेखर कोइराला
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार जति दिन टिक्छ मुलुक त्यतिनै बर्बाद हुने बताएका छन् । 

बुधबार कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने नभए कांग्रेसले सरकार छाड्नुपर्ने धारणा राखे । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले अब दुई वटा विकल्पमात्र भएको भन्दै कांग्रेस नेतृत्वमा सरकार बन्नु अपरिहार्य भएको जिकिर गरे । 

“अब अति भयो, जति दिन यो सरकार राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुँदै जान्छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भैसक्यो,” कोइरालाले भने ।

Global Ime bank

कार्यक्रममा बोल्दै कोइरालाले सरकारको हेपाहा र बलमिच्याईंले चर्को महंगीका कारण जनताको चुलो नबल्ने अवस्थामा पुगेको भन्दै जनतालाई सहुलियत दिनुपर्नेमा चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुहरूको भाउ बढ्नु राम्रो संकेत नभएको बताए । 

फरक प्रसंगमा नेता कोइरालाले सभापति शेरबहादुर देउवाले विधान सम्मत पार्टी सञ्चालन नगरेकाले कांग्रेस पार्टी अप्ठ्यारो अवस्थामा परेको दाबी गरे । देउवासँग व्यक्तिगत रूपमा आफ्नो कुनै रिस नभएको भन्दै उनले पार्टी विधि र विधानअनुसार चल्नुपर्छ भन्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने धारणा राखे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !