
काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कर्णाली प्रदेशका दुर्गम जिल्लामा नुन, चिनी, चामल, दालसहित अत्यावश्यक खाद्य वस्तुको पर्याप्त व्यवस्था गर्न सरकारलाई दिर्नेशन दिएको छ ।
बुधबार बसेको समितिको बैठकले सरकारले देशका विभिन्न स्थानमा खोल्ने सुपथ मूल्य पसलहरू देशका दुर्गम र हिमाली जिल्लाहरूसहित विभिन्न स्थानहरूमा थप्न पनि भनेको छ ।
त्यस्ता पसलहरूबाट जनतालाई सहजरूपमा चाडपर्वमा किनमेल गर्न पाउने वातावरण बनाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले चाडपर्वको समयमा अत्यावश्यक मसलाजन्य वस्तुहरू (जिरा, मरिच, धनिया, ल्वाङ, सुकुमेललगायत) सहज रूपमा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
खाद्य पदार्थमा भएको अस्वाभाविक मूल्यवृद्धि, मिसावट, कृत्रिम अभाव, कालोबजारी, गैरकानूनी भण्डारणजस्ता अनियमित गतिविधि हुन सक्नेतर्फ समितले सरकारको ध्यानाकर्षण गराएको छ ।