site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चाडपर्वमा विद्यार्थीलाई निःशुल्क घर पठाउने व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधसभाअन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वमा गरिब तथा दुर्गमका विद्यार्थीहरूलाई निःशुल्क घर लैजाने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले काठमाडौं उपत्यकाबाट दसैँ मनाउन घर जाने विद्यार्थीहरूका लागि सम्बन्धित कलेजसँग समन्वय गरेर कलेजको बसमा निःशुल्क घर लैजाने वातावरण तयार गर्न सरकारलाई निर्देशन दिएको हो ।

“निजी क्षेत्रको विद्यालय तथा कलेजहरूको सवारीसाधानको प्रयोग गरेर भए पनि दसैँमा विद्यार्थीहरूलाई घर लैजाने वैकल्पिक व्यवस्थापन गर्न समिति सरकारलाई निर्देशन दिइन्छ,” बैठकको निर्णय सुनाउँदै समिति सचिव उदयकुमार भण्डारीले भने ।

बैठकमा समिति सभापति दीपक सिंहले विकट जिल्लाका गरिब, लक्षित विद्यार्थीका लागि निःशुल्क सेवा सञ्चालन गरिनुपर्ने बताएका थिए । उनले १० देखि २० हजार गरिब विद्यार्थीलाई सेवा दिन सकिने गरी सरकारले कदम चाल्नुपर्ने धारणा राखे । सरकारले निजी कलेज तथा विद्यालयसँग समन्वय र आवश्यक खर्चको विषयमा छलफल गर्नुपर्ने धारणा राखेका थिए ।

बुधबारको बैठकमा समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेको थियो । छलफलमा मन्त्री प्रकाश ज्वाला र राज्यमन्त्री नन्दा चापागाईं तथा मन्त्रालयका सचिवसहित कर्मचारीरूसँग छलफल गरेको थियो । जवाफमा मन्त्री प्रकाश ज्वालाले सुझाव सकारात्मक भएको भन्दै सरकारले समन्वय गरेर विद्यार्थीलाई पठाउने विषयमा तुरुन्तै छलफलमा जुट्ने जानकारी दिए ।

“राम्रो सुझाव आएको छ । सरकारले निजी विद्यालयसँग समन्वय गर्ने र विद्यार्थीलाई कलेज बसहरुमा पठाउन सकिने विषयमा छलफल अघि बढाउनेछ,” मन्त्री ज्वालाले भने, “हामीले मात्र भनेर नहुने होला । उहाँहरू पनि तयार हुनुपर्ला । सेना प्रहरीलगायतको गाडी अप्ठ्यारामा प्रयोग हुने गरी यी विकल्पहरुमा हामी ध्यान दिनेछौँ ।” 

बैठकले यीबाहेक टिकट बिक्री वितरण कार्यलाई पारदर्शी बनाउन, बिचौलियालाई कारबाहीको दायरमा ल्याउँदै सवारीसाधान तथा यातायातको अभाव हुन नदिन पनि सरकारलाई निर्देशन दिएको छ ।

बैठकले पुरानो र थोत्रा सवारीसाधान नचलाउन, क्षमताभन्दा बढी यात्रु राख्न नदिन, छतमा यात्रु हाल्न नदिन निर्देशन दिएको छ । नागरिक सहायक कक्षको व्यवस्था र काठमाडौं छाड्ने यातायातमा दुईवटा चालक अनिवार्य राख्न मात्र होइन, सवारीसाधानमा टाइम कार्ड लागु गर्न सरकार र मन्त्रालयलाई निर्देशन दिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro