site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसबिनाको सरकार कल्पना गर्न सकिँदैन : माधव नेपाल

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले वर्तमान गठबन्धनले सहमतिका आधारमा आफ्नो कार्यभार पूरा गर्ने स्पष्ट पारे ।

“वर्तमान सरकारले राम्रा काम गर्न खोजे पनि पर्याप्त भएन । त्यसैकारण सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्न सबैले इमान्दार प्रयत्न गर्न जरुरी छ,” उनले भने, “त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ ।”

अध्यक्ष नेपालले ‘रोजगारी, समृद्धि र सुशासन’को नाराका साथ सुरु भएको पार्टी जागरण अभियानका क्रममा पूर्वमेचीबाट पश्चिम महाकालीसम्म पुगेर समृद्धि र समाजवादका बारेमा जागरण ल्याउने पनि बताए ।

एकीकृत समाजवादीले यही असोज १४ गतेदेखि झापाको मेचीनगरबाट ‘समाजवादी जागरण अभियान–२०८०’ सुरु गरेको छ । यो अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ११:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro