site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्‌मा ओलीको सम्बोधन आक्रोश बाहेक केही होइन : सांसद पौडेल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्‌मा गरेको सम्बोधनमा कुनै दृष्टिकोण नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पौडेलले एमाले अध्यक्ष ओलीको सम्बोधनमा कुनै दृष्टिकोण नभएको बताए ।

Dabur Nepal
NIC Asia

उनले ओली गणतन्त्र विरोधी भएको र आफूहरूले जनयुद्ध गरेकै कारण गणतन्त्र आएको भन्दै जनयुद्धको विरोध गर्नु उपयुक्त नहुने बताए । ओलीले संसद्‌मा देवदुतले जस्तोगरी उपदेश दिने गरेको भन्दै टिप्पणी गरे । ओलीले संसदीय गणितमा आफू अल्पमतमा परेको भावना मात्रै अभिव्यक्ति गर्ने गरेको उल्लेख गरे ।

उनले भने, "जतिबेला उहाँले नेपालमा गणतन्त्र सम्भव छैन । गणतन्त्रको यात्रा गर्नु भनेको बयलगाढा चढेर अमेरिका जाने हो भन्ने कुरा गर्नुहुन्थ्यो त्यही बेलामा नेपालमा राजतन्त्रको अन्त्य सम्भव छ । संविधानसभाबाट संविधान बन्नुपर्छ । नेपालको राज्य प्रणाली संघीयतासहितको संघीय लोकतान्त्रिक गणतन्त्र हुनुपर्छ भनेर हामी आन्दोलनमा थियौँ । त्यो आन्दोलनलाई निकै नकारात्मक रूपमा उहाँले चित्रण गर्नुभयो ।"

उनले संसद्‌मा ओलीको सम्बोधन आक्रोश बाहेक केही नभएको टिप्पणी गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro