site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बझाङ भूकम्प : एकजना घाइते
बझाङको चैनपुर बजार । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । बझाङमा मंगलबार दिउँसो भूकम्प जाँदा एकजना घाइते भएका छन् । मष्टा गाउँपालिका–१ मा एकजना घाइते भएका बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।

घरमाथिको ड्रम खसेर ती व्यक्ति घाइते भएका उनले बताए । बझाङमा केही स्थानमा घरहरू चर्किएका सूचना प्राप्त भएको उनले उल्लेख गरे । थप सूचना संकलन गर्ने कार्य जारी रहेको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, भूकम्पपछि जयपृथ्वी नगरपालिका–७, कचलीखोला भन्ने स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको उनले बाह्रखरीलाई जानकारी दिए ।

सडक खुलाउनका लागि सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको उनले बताए । तर, सानातिना धक्का महसुस भइरहेकाले तत्काल त्यसतर्फ ‘मुभ’ नभएको उनको भनाइ छ ।

Global Ime bank

भूकम्पपछि अहिलेसम्म मानवीय र भौतिक क्षतिको अरू विवरण प्राप्त नभएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC