site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बझाङ भूकम्पपछि पहिरो खसेर बाटो अवरुद्ध
फाइल तस्बिर ।

काठमाडौं । बझाङमा मंगलबार दिउँसो गएका दुई ठूला भूकम्पपछि सडक अवरुद्ध भएको छ । जयपृथ्वी नगरपालिका–७, कचलीखोला भन्ने स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।

सडक खुलाउनका लागि सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको उनले बताए । तर, सानातिना धक्का महसुस भइरहेकाले तत्काल त्यसतर्फ ‘मुभ’ नभएको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

भूकम्पपछि अहिलेसम्म मानवीय र भौतिक क्षतिको कुनै विवरण प्राप्त नभएको उनले उल्लेख गरे ।

“भौतिक र मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन । सूचना संकलन गर्ने कार्य भइरहेको छ,” उनले बाह्रखरीसित भने, “जयपृथ्वी नगरपालिका–७, कचलीखोलामा धुले पहिरो खसेर बाटो अवरुद्ध भएको छ । खुलाउने प्रयास जारी छ । सुरक्षा संयन्त्र स्ट्यान्डबाई छ । परकम्पहरू आइरहेकाले पहिरो हटाउन मुभ भइसकेका छैनौँ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro